घरको नक्सा डिजाइन गर्दा ख्याल राख्नुपर्ने कुराहरू

Achitecture, Construction, Design

घर बनाउनको लागि घरधनीको जग्गा र आवश्यकतालाई नगरपालिका/गाउँपालिकाको भवन निर्माण संहिता र मापदण्ड अनुसरण गरेर नक्सामा उतार्ने कार्य नक्सा डिजाइनमा पर्दछ । भवन डिजाइन तथा निर्माणमा संलग्न प्राविधिकको मद्दतले घर नक्सा डिजाईन गरिन्छ । सो नक्साको मद्दतले ठेकेदार/निर्माणकर्मीले भवन निर्माण गर्न सक्दछ । नयाँ घर बनाउन, तला थप्न र भवनमा केही परिवर्तनहरु गर्नुपरेमा नक्सा डिजाइन गर्नुपर्दछ ।

नक्सा डिजाइनमा ध्यान दिनुपर्ने पक्षहरुः

  • अमिनबाट आफ्नो जग्गाको लम्बाइ, चौडाइ, चारकिल्ला, भिरालोपन,घडेरीसँगैको बाटोको नाप लिने/जाँच गराउने ।
  • खानेपानी, ढलनिकास, बत्ती, टेलिफोन आदिको कस्तो व्यवस्था छ भन्ने बारे जानकारी लिने ।
  • नक्सा डिजाइन गर्नु अघि सम्बन्धित घरधनीले आफ्नोआवश्यकता र आर्थिक क्षमताबारे आफ्नो परिवारसँग छलफल गर्ने ।
  • भवन निर्माण अनुमति प्रक्रिया र स्थानीय भवन मापदण्डको बारेमा जानकारी भएको प्राविधिकलाईमात्र नक्सा बनाउन दिने ।
  • नक्सा बनाउँदा आफूपनि सक्रिय रुपमा सहभागी हुदै प्राविधिकसँग घर सम्बन्धित आफना सबै आवश्यकता र आर्थिक क्षमताबारे खुलस्त छलफल गर्ने ।
  • घर बनिसकेपछि परिवर्तन गर्न गाह्रोहुने भएकाले नक्सा बनाउँदा चाहिने जति समय दिएर आवश्यक परिवर्तन गर्ने । घर निर्माणको क्रममा केही परिवर्तन गर्नुपरेमा नगरपालिका/गाउँपालिकाबाट पुनः स्वीकृति लिनुपर्दछ ।

प्राविधिकसँग छलफल गर्दा ध्यान दिनुपर्ने पक्षहरुः

  • घरमा बढि समय विताउने ठाँउमा घाम र हावा पर्याप्त मात्रामा हुनुपर्ने सम्बन्धमा ।
  • इनार, पानी ट्याङ्की, सेप्टिक ट्याङ्की आदिको स्थानले अरु कार्यमा बाधा नपुग्ने सम्बन्धमा ।
  • आफ्नो साँस्कृतिक पक्ष र धार्मिक आस्था अनुसार भान्छा, पूजाकोठा, सुत्नेकोठा आदि निर्धारण गर्ने सम्बन्धमा ।
  • यदि परिवारमा कोही अपाङ्गता वा दृष्टिविहीन सदस्य छन्भने उनीहरुको सुविधाको सम्बन्धमा साथै बालबालिका, बृद्धबृद्धा र अतिथिहरुको सुविधाको सम्बन्धमा ।

यी र यस्तै घर निर्माण कार्य सम्बन्धी कुनैपनि जिज्ञासा तथा परामर्श सेवा को लागि हामीलाई सम्पर्क गर्नुहोला।

त्रिकोण डिजाइन एण्ड कन्स्ट्रक्सन प्रा. लि.

सातदोबाटो, ललितपुर

Leave a Comment

Building Design and Construction in Nepal
Building Design and Construction in Nepal
Building Design and Construction in Nepal
Building Design and Construction in Nepal
Building Design and Construction in Nepal
Building Design and Construction in Nepal

Schedule a Free Consultation Today!

Contact us today to schedule a free consultation and get a personalized quote

Project planning

Design expertise

Great qualifications

From dream to reality, Trikon builds your perfect home.

Locations

Tutepani Chowk, Saatdobato

Lalitpur, Nepal

Support requests

mail@trikonengineering.com

Don't wait any longer to start building your dream home. Contact Trikon Design & Construction today!

Contact Us

Trikon Design & Construction

Kathmandu Valley's dream-to-completion builder. Trikon designs and builds exceptional homes with passion and precision.

Newsletter

Sign up to receive the latest news and trends from our company.

More questions? Get in touch