नक्सा पास गर्दा के गर्नुपर्छ र कति समय लाग्छ ?

Achitecture, Construction, Design, Information

Screenshot 20230122 200918
भवन निर्माण अनुमति प्राप्त गर्ने प्रक्रिया

घर निर्माण गर्ने कार्यको पहिलो खुड्किला भनेको नक्सा डिजाइन तथा आफ्नो नगरपालिका वा गाउँपालिकामा त्यसलाई पेस गरेर निर्माण अनुमति प्राप्त गर्नु हो। सामान्यतया घर निर्माण गर्ने योजना बनाइरहनुभएको धेरैजसो घरधनी हरु, घर निर्माण साइत गर्ने ५-१० दिन पहिले आफूले चाहेको इन्जिनियरिङ फर्महरुमा गई छिटो भन्दा छिटो नक्सा निर्माण तथा नक्सा पास गराउने सोच समेत राखेको पाइन्छ।

घरको नक्सा डिजाइन गर्ने कार्य आफैमा केही समय लिने कार्य हो। आफ्नो आवश्यकता अनुसारको डिजाइन, analysis तथा अन्य नक्साहरूहरु पक्का गर्न कम्तीमा पनि ५-१० दिन लाग्छ । सबै नक्सा तथा आवश्यक कागजात तयार भएपछि नक्सा पास गर्ने कार्य सुरु हुन्छ। सामान्यतया नक्सा दर्ता भएर अस्थायी स्वीकृति प्राप्त गर्ने सम्मको अवधि ३० दिन बाट ४५ दिनसम्म लाग्न सक्छ।

यस लेखमा अब नक्सा पास सम्बन्धी केही जानकारीहरु प्रस्तुत गरिएको छ।

भवन निर्माण अनुमति प्रकृया विस्तृत जानकारी

  • नगरपालिका वा गाउँपालिकाको भवन नक्सा शाखामा सम्पर्क राखी दरखास्त फारम खरिद गर्ने ।
  • हालका दिनहरुमा काठमाडौं, ललितपुर साथै अन्य विभिन्न जिल्लाहरुका नगरपालिकामा अनलाइन माध्यम (EBPS system) बाट समेत नक्सा फाराम तथा अन्य सम्पूर्ण कामहरू हुने गरेको छ। त्यसैले आफ्नो संबंधित नगरपालिकामा सो बारेमा जानकारी लिनुपर्दछ।
  • घरको नक्सा डिजाइन तयार पार्ने र दरखास्त फारम भर्ने
  • नक्सा र आवश्यक कागजात सहित नगरपालिका वा गाउँपालिकामा आवेदन दर्ता गर्ने ।
  • नगरपालिका वा गाउँपालिकाद्वारा नक्सामा भवन मापदण्ड र भवन निर्माण संहिताको जाँच हुनेछ ।
  • यदि नक्सामा भवन मापदण्ड र भवन निर्माण अनुसार नभएमा नगरपालिका वा गाउँपालिकाका प्राविधिकले भने अनुसार सुधार गरे पछि मात्र अनुमति प्रदान हुनेछ ।
  • यसपछि संधियारको नाममा नगरपालिका वा गाउँपालिकाबाट १५ दिने सूचना जारी हुनेछ ।
  • नगरपालिका वा गाउँपालिकामा आवेदन दर्ता भएको मितिले १५ दिन पछि घरधनीले नगरपालिका वा गाउँपालिकाको भवन नक्सा पास शाखामा सम्पर्क राखी सर्जमिनको समय मिलाउनु पर्छ । सो समयमा नगरपालिका वा गाउँपालिकाको कर्मचारी
    स्थलगत सर्जमिनमा आउँदा आफ्नो सवै सँधियार र सोही वडाको नागरिकता भएका ७ जना (सँधियार सहित) रोहवरमा बस्ने मानिसहरु बोलाई राख्नुपर्दछ ।
  • सबै संधियारले सर्जमिनमा सही गरिदिए तथा नक्सामा पनि सबै ठीक भएमा २-३ दिन भित्र नगरपालिका वा गाउँपालिकाबाट प्रथम चरणको अनुमति पत्र प्रदान गरिनेछ ।
  • यदि सँधियार मध्ये कोही १ जनाले मात्र पनि सर्जमिनमा कुनै पनि कारणले सही नगरेको खण्डमा नगरपालिका वा गाउँपालिकालाई निवेदन लेखी नगरपालिका वा गाउँपालिकाबाट सिफारिस लगेर नापी कार्यालयको अमिन वा सर्वेक्षकको स्थलगत नापी प्रतिवेदन पेश गरे पछि मात्र अनुमति प्रदान हुनेछ ।
  • जाँच गर्दा ठीक भएपछि र सर्जमिन पनि भए पछि तोक आदेश गराउने र दस्तूर बुझाउने काम गरिन्छ, अनि नक्सा पास हुन्छ ।
  • नक्सा पास भएपछि घरधनीलाई संक्षेपीकरण गरेर प्रथम निर्माण ईजाजत प्लिन्थ लेभलसम्मको निर्माणकोलागि अनुमति दिइन्छ ।
  • प्रथम निर्माण ईजाजत लिए पछि कन्सल्टेन्सीका प्राविधिकबाट आफ्नो निर्माणकर्मीको प्रत्यक्ष उपस्थितिममा घरको नक्सा जमिनमा उतार्ने काम (Layout) गर्नु पर्छ , साथै उक्त समयमा सँधियारहरुलाई पनि सकेसम्म उपस्थित गराउनु पर्ने हुन्छ ।
  • स्वीकृत नक्सा अनुसार प्लिन्थ लेभल (जमीन माथिको टाई बिम) सम्मको निर्माण कार्य सम्पन्न गरे पछि घरधनीले सुपरीवेक्षक प्राविधिकबाट प्रतिवेदन तयार गराउनुपर्छ ।
  • नगरपालिका वा गाउँपालिकामा सो प्राविधिक प्रतिवेदन सँगै घरको प्रथम चरणको स्थलगत निरीक्षणको निवेदन र दोस्रो चरण (सुपर स्ट्रक्चर) को निर्माण ईजाजतको लागि आवेदन पेश गर्नु पर्ने हुन्छ ।
  • नगरपालिका वा गाउँपालिकाले स्थलगत निरीक्षण गर्दा निर्माण कार्य ईजाजत नक्सा अनुसार पाइएमा दोस्रो चरणको निर्माण ईजाजत दिइन्छ । नपाइएमा सुधार गर्न वा निर्माण कार्य रोक्न निर्देशन दिइन्छ ।
  • दोस्रो चरणको निर्माण ईजाजत नलिई टाई बिमभन्दा माथिको कार्य गर्न पाईदैन ।
  • घर निर्माणका महत्वपूर्ण चरणहरु जस्तै पिलरको डण्डी बाँध्ने, जग बिमको डण्डी बाँध्ने, बिमको डण्डी बाँध्ने, स्ल्यावको डण्डी बाँध्ने, बिम, पिलर र स्ल्याव ढलानको समयमा सुपरीवेक्षक प्राविधिकलाई देखाएर गराउनुपर्छ ।
  • स्वीकृत नक्सा अनुसार प्लिन्थ लेभल भन्दा माथिको निर्माण कार्य सम्पन्न गरे पछि घरधनीले सुपरीवेक्षक प्राविधिकबाट प्रतिवेदन तयार गराउनुपर्छ ।
  • नगरपालिका वा गाउँपालिकामा सुपरीवेक्षकको प्राविधिक प्रतिवेदन सँगै दोश्रो चरणको स्थलगत निरीक्षण तथा निर्माण सम्पन्न प्रमाणपत्रको लागि आवेदन पेश गर्नुपर्छ ।
  • नगरपालिका वा गाउँपालिकाले स्थलगत निरीक्षण गर्दा निर्माण कार्य ईजाजत नक्सा अनुसार पाइएमा निर्माण सम्पन्नको निर्माण ईजाजत दिइन्छ । नपाइएमा सुधार गर्न निर्देशन दिइन्छ वा सम्पन्नको निर्माण ईजाजत दिइनेछैन ।
  • प्रथम ईजाजत लिएको मितिले बढीमा २ बर्ष भित्र ईजाजतमा उल्लेखित घरको सम्पूर्ण निर्माण कार्य भवन संहिता तथा मापदण्ड अनुरुप सम्पन्न गरी नगरपालिका वा गाउँपालिकाबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिनु पर्नेछ ।
  • यदि कुनै कारणवश उक्त २ वर्ष भित्र घर निर्माण कार्य सम्पन्न नभएमा २ वर्षे म्याद ननाघी नगरपालिका वा गाउँपालिकामा म्याद थपको लागि निवेदन पेश र नवीकरण दस्तुर तिरी बढीमा १ पटकको लागि २ वर्षको म्याद थप गराउनुपर्छ ।

यी सबै कार्यहरूमा विगत लामो समयदेखि काठमाण्डौ उपत्यका तथा आसपासका क्षेत्रहरूमा आफ्नो सेवा दिँदै आएको साकार डेभलपर्स बाट सेवा लिन सक्नुहुनेछ।

हाम्रो नक्सा तथा निर्माण सेवा लिनको लागि जावलाखेल स्थित हाम्रो अफिसमा सम्पर्क गर्नुहोला।

जानकारीको लागि सम्पर्क ९८४९ ६८५ ६८५

https://www.lsmcebps.gov.np/Hom/BuildingPermit को सहयोगमा

Leave a Comment

Building Design and Construction in Nepal
Building Design and Construction in Nepal
Building Design and Construction in Nepal
Building Design and Construction in Nepal
Building Design and Construction in Nepal
Building Design and Construction in Nepal

Schedule a Free Consultation Today!

Contact us today to schedule a free consultation and get a personalized quote

Project planning

Design expertise

Great qualifications

From dream to reality, Trikon builds your perfect home.

Locations

Tutepani Chowk, Saatdobato

Lalitpur, Nepal

Support requests

mail@trikonengineering.com

Don't wait any longer to start building your dream home. Contact Trikon Design & Construction today!

Contact Us

Trikon Design & Construction

Kathmandu Valley's dream-to-completion builder. Trikon designs and builds exceptional homes with passion and precision.

Newsletter

Sign up to receive the latest news and trends from our company.

More questions? Get in touch